दफा २५क
प्रदेश वा स्थानीय तहको राजस्व चुहावट सम्बन्धी व्यवस्था:
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश वा स्थानीय तहको राजस्व चुहावटको कसूरको अनुसन्धान तथा तहकिकात सम्बन्धित प्रदेश कानून बमोजिम तोकिएको निकाय बा अधिकारीले गर्नेछ।

(२) उपदफा (१) बमोजिमको अनुसन्धान तथा तहकिकातबाट मुद्दा दायर गर्नु पर्ने देखिएमा दफा २० बमोजिमको प्रक्रिया अवलम्बन गरी यस ऐन बमोजिम मुद्दा दायर गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम सम्बन्धित प्रदेशमा राजश्व चुहावट सम्बन्धी अनुसन्धान: गर्ने निकायको गठन नभएसम्म विभागले यस ऐन बमोजिम अनुसन्धान तथा तहकिकात गर्नेछ।

(४) प्रदेश वा स्थानीय तहको राजस्व चुहाबट भएको कसूर ठहर भएमा दफा २३ बमोजिमको सजाय हुनेछ।